धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट बथानसहित जङ्गलतर्फ जाँदै गर्दा हात्तीको बच्चा पानीयुक्त दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बिहीबार बिहान स्थानीयले हात्तीको बच्चाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत छावाको अगाडिको टाउको भाग पानीयुक्त दलदलमा गाडिएको अवस्थामा फेला परेको जनाइएको छ ।
घटनास्थलमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र डिभिजन वन कार्यालयको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।