लोड हुँदैछ...

मेनु

अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको बर्जू गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २१ र २२ गते (बिहीबार र शुक्रवार) दुई दिनका लागि बन्द गरेको हो ।

सूचनाअनुसार उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी प्रदान गरिएको छ। साथै, बिदापछि पनि मौसम प्रतिकूल रहेमा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकालाई लिखित जानकारी गराई पठनपाठनको समयावधि नघट्ने गरी बिहानको सत्रमा विद्यालय सञ्चालन गर्न सकिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

गाउँपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानीस्वरूप बिदा दिइएको जनाएको छ।पछिल्ला पाँच दिनयता अचाक्ली बढेकोले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।