मुख्यमन्त्रीलाई खुल्लापत्र

माननीय मुख्यमन्त्री शेरधन राईज्यू,
प्रदेशबासी भएको हैसियतले तपाईलाई आज यो खुल्लापत्र लेख्दैछु । यो पत्र एउटा कलमजीवीको मात्र नभई प्रदेशबासीको नै हो भन्ने बुझिदिन आग्रह गर्छु । मुख्यमन्त्रीज्यू बजरमा तपाईलाई जोडेर केही कुरा आईरहेका छन् । त्यसको वास्तविकता थाहा पाउने अधिकार हरेक प्रदेशबासीले राख्छन् भन्ने कुरा तपाईलाई राम्रोसँग थाहा छ नै होला । समय आएपछि तपाई बोल्नुहुनेछ ।

मुख्यमन्त्रीज्यू हामी नेपाली संस्कार मान्छौं । हाम्रो संस्कार अनुसार बच्चा जन्मेको ११ दिनका दिन उसको नामकरण गरिन्छ । तर, आज यो प्रदेश जन्मेको २६ महिना पुरा भएछ । तर, अहिलेसम्म न्वारान हुन सकेको छैन । त्यसले तपाईका कामको मापन गरिरहेको छ ।

२०७४ साल फागुन २ गते मुख्यमन्त्रीको रुपमा तत्कालीन नेकपा एमालेको प्रदेश संसदीय दलको नेता भएपछि तपाईले सपथग्रहण गर्नुभएको थियो । केन्द्रीय सरकारको महत्वपूर्ण मन्त्रालयसमेत सम्हाली सक्नुभएका तपाई अविवाहित युवा नेताले प्रदेशको नेतृत्व पाएकाले वास्तवमा नै कुनै दलका विषेशभन्दा पनि समग्र प्रदेशबासी खुशी भएका थिए । यो प्रदेश १ नम्बर नै हुन्छ भन्ने विश्वास सबैमा थियो । तर, परिणाम सोचेजस्तो देखिएको छैन ।

प्रश्न प्रदेश सरकारले नपाएका अधिकारमा मात्र सिमित रहेको छैन । अनि तपाईले भनेजस्तो पिरामा बसेर प्रदेश सरकारले आफ्नो बाटो आफैं खन्दैछ भनेर जनता अब पर्खनसक्ने मनस्थितिमा छैनन् । यो दुनियाँमा कसैले आफ्नो अधिकार सहजै अर्कालाई दिएको इतिहास छैन । अधिकार भन्ने कुरा लडेर लिन सक्नुपर्छ भन्ने कुरा तपाईलाई राम्रोसँग थाहा छ । मुख्यमन्त्री ज्यू, तपाईलाई साच्चीकै अधिकार चाहिएको हो भने हिम्मत गरेर आउनुहोस्, जनताले तपाईलाई अधिकारसम्पन्न मुख्यमन्त्री बनाउनेछन् । तपाईलाई याद होला, यी नै जनता हुन्, राजाको अधिकार जनताको छोराको पाखुरामा ल्याईदिने । तर, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नुभएन ।

यसो भनिरहँदा तपाईले केही नै गर्नुभएको छैन् भन्ने पनि हैन । तर, बजारमा आज राम्रा कामभन्दा नराम्रा कामहरु बढि चर्चामा आइरहेका छन् । त्यसलाई सुधार गर्न अब ढिलो गर्नुहुदैन भन्ने मात्र हो । हुन चाँही एउटा कुरा सत्य हो, तपाईले आफ्नो मन्त्रिमण्डलाई पूर्णता दिनसमेत धेरै ढिलो गर्नुभयो । दलभित्रको समिकरण मिलाउने एउटा कुरा होला, तर मन्त्रिमण्डल विस्तार गर्ने अधिकार तपाईमा मात्र सिमत हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । अनि प्रदेशको स्थायी राजधानी घोषणा गर्न त्यतिकै विलम्व भयो । गोलमोटल गरेर भएपनि त्यसबाट तपाई निस्कनुभयो । आफ्नो कार्यकालको आधा समय वित्नलाग्दा समेत प्रदेशसभा सञ्चालन गर्ने एउटा सभाहलसमेत बनाउन नसक्नु आवश्य पनि तपाईका लागि गौरबको कुरा पक्कै हुनसक्दैन होला । अब अर्को परीक्षा तपाईको प्रदेशको नामाकरणमा हुनेछ । मलाई थाहा छ, तपाई प्रदेशको नाम के राख्न चाहनुहुन्छ भन्ने । तर, विडम्बना फेरि पनि तपाईको शीर केन्द्रीकृत मानसिकताले थिचिएको छ ।

आज प्रदेशको नाम राख्न शर्वसक्तिमानद्वय पार्टी अध्यक्षको आदेश पर्खनु तपाईको बाध्यता छ । सदनको रोष्टम अगाडि उभिएर तपाईलाई मुख्यमन्त्री बनाउने आफ्नै सदस्यहरुको अनुहार हेरेर नाम घोषणा गर्नसक्ने अवस्थामा तपाई खडा हुन नसक्ने संघीयातको दुर्वलता हो भन्ने कुरा सबैले बुझेका छन् । यो प्रदेशलाई किराँत भूमि भनेर चिनिन्छ । किरातीहरू पूर्वाेत्तर हिमालका मूल निवासी हुन् । बाबुराम आचार्यले भनेअनुसार उनीहरू ७०० ईशापूर्वमा नेपाल आएर बसोबास गर्नथाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुर्ण थिए र उनीहरू नै आजका किराँती, लिम्बू, याखा, सुनुवार, राई, कुलुङ, थुलुङ र येल्लुङहरूका पूर्वज हरेको बताइन्छ ।

किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा धपाएपछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे । उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशुली नदीसम्म फैलिएको थियो । पछि किराँत अधिराज्य कयौं स–साना राज्यहरूमा टुक्रा–टुक्रा भएर पूर्व नेपालमा राज्य गरे । लिम्बुवान स–साना राज्यहरूमा एक थिए । १७७१ ई० देखि १७८९ ई. बीच गोर्खाको राजाले ती स–साना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरेको इतिहास राम्रोसँग थाहा होला । तर, विडम्बना यति थाहा हुँदाहुँदै पनि माथिको आदेश पर्खनुपर्ने बाध्यता सबैले बुझेका छन् । यो प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा छ । अनि तपाईले मुख्यमन्त्रीको कुर्सी पछाडिको भित्तामा पनि सगरमाथाकै ठूलो र आकर्षक तस्विर राख्नुभएको छ । यी दुईवटा प्रसंग मैले तपाईको भावनालाई बुझेर उल्लेख गरेको हुँ । तर, मलाई के विश्वास छ भने तपाई यी दुबै नाम राख्नसक्ने अवस्थामा हुनुहुन्न् । यो तपाईहाम्रो मात्र हैन संघीयताको पहिलो र अन्तिम दुर्भाग्य हो । तर, एक पटक हिम्मत गर्नुहोस् ।

यदि सक्नुहुन्न भने पनि अब यसैमा नरुमलिनु होस् । नाम जे राखे पनि हुन्छ । काम राम्रो हुनुप¥यो । विकास हुनुप¥यो भन्ने भावना प्रदेशबासीमा पनि जाग्नु आवश्यक छ । नामले सबैथोक पाइने हैन । सामन्ती राजपरिवार सबै सदस्यहरुले नामको बिचमा ‘विरविक्रम’ राख्दै आएका थिए । तर, पतन भए । न विर रहे न त विक्रम नै । त्यसैले यस्ता कुरामा ध्यान दिनुभन्दा पनि हाम्रो प्राथमिकता विकास हो भन्ने कुरा सबैमा चेतना हुनु आवश्यक छ । अनि एउटा कुरामा अल्झनुभन्दा निस्कनु राम्रो होला ।

मुख्यमन्त्रीज्यू,

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

विराटनगरले जे आज सोच्छ त्यो काठमाडौंले भोलि मात्र सोच्छ भन्ने कुरा नेपाली राजनीतिमा लामो समयसम्म कायम थिययो । पिताजी कृष्णप्रसाद कोइराला, विपी कोइराला हुँदै गिरिजाप्रसाद कोइरालाका सेखसम्म यो कुरामा कसैले औंला ठड्याएको छैन । तर, गिरिजाप्रसादको सेखापछि विराटनगरले के सोच्दैछ भन्ने कुरा बाहिर आउन ोड्यो । तथापी राजनीतिक चेतनाका आधारमा अन्य प्रदेशभन्दा प्रदेश १ अब्बल नै छ । तर, नेताहरुको अकर्मण्यताका कारण प्रदेशको राजनीतिक चेतनामाथि प्रश्नचिन्ह खडा भएको छ । यो प्रदेशका हरेक कुरासँंग तपाई जोडिनुहुन्छ ।

हुन त मुख्यमन्त्रीज्यू ! डोरी जति बाटेपनि गाँठो एउटै हुन्छ । तपाईसामु पनि अनेक चुनौतिहरु छन् । पहिलो चुनौति पार्टीभित्रकै प्रतिक्षीलाई व्यवस्थापन गर्नुछ । सरकारमा दुईतिहाई भएपनि त्यस रुपमा सरकार चलाउन पाउनुभएको छैन । अर्कोतर्फ कर्मचारीको टाउको दुखाई भिन्नै छ । त्यसमाथि व्यक्तिगत रुपमा आउने गरेका हल्लाहरुको टाउको दुखाइ पनि होला । तर, समस्याको व्यवस्थापन गर्न सक्ने मात्र असल नेता बन्नसक्छ ।

आइतबार, १८ फागुन, २०७६

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर