काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ।
पर्सा जिल्ला अदालतले मंगलबार प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले सोमबार उनलाई वीरगन्जबाट पक्राउ गरेको थियो।
पर्सा प्रहरीले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पुग्ने तथा राज्यविरुद्ध उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।