लोड हुँदैछ...

मेनु

प्रदेश सरकारमा तीन दल मिल्ने प्रस्ताव जनमतको अपमान हो : गगन थापा

प्रदेश सरकारमा तीन दल मिल्ने प्रस्ताव जनमतको अपमान हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने प्रस्तावप्रति कडा विमति जनाएका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनताको मतको अपमान हुने बताए।

थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्‌लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे। यो अभ्यास जनताले दिएको म्यान्डेटभन्दा पूर्ण रूपमा फरक र अस्वभाविक भएकाले कांग्रेसले यस्तो कार्यलाई स्वीकार गर्न नसक्ने उनको स्पष्ट भनाइ छ।

राजनीतिक दलहरूमा देखिएको तीव्र सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले यसले राजनीतिको साख गिराएको बताएका छन्। उनले भने, ‘बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले राजनीति दिशाहीन बनेको छ’।

विगतमा सत्ताकै लागि नेपाली कांग्रेसबाट कतिपय गल्तीहरू भएको स्वीकार गर्दै थापाले अबका दिनमा सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने घोषणा गरे। सत्तालाई नै सर्वोपरी मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ। सत्ता नै सबै कुरा हो भन्ने मान्यताका कारण अहिले कांग्रेसलगायत पुराना दलहरूले नै ठूलो मूल्य चुकाउनु परिरहेको उनले थपे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।