लोड हुँदैछ...

मेनु

पाँचथरमा नवौँ चौंरी महोत्सव आयोजना

पाँचथरमा नवौँ चौंरी महोत्सव आयोजना

पाँचथर । पाँचथरमा हिमाली जीवनशैलीसँग जोडिएको चौंरी पालन र त्यसका उत्पादनको प्रवर्द्धन गर्न नवौँ संस्करणको चौंरी महोत्सव आयोजना भएको छ।

फालेलुङ गाउँपालिका–४ चारराते क्षेत्रमा सोमबारदेखि बुधबारसम्म ‘चौंरी पर्यटन महोत्सव’ सञ्चालन भएको हो ।

नेपाल–भारत सीमावर्ती उच्च हिमाली भूभागमा पर्ने चारराते क्षेत्र चौंरी पालनका लागि उपयुक्त मानिन्छ। यही सम्भावनालाई उपयोग गर्दै चौंरीबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत सामग्रीको प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

नयाँ वर्षको अवसर पारेर विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव यस वर्ष नवौँ संस्करणका रूपमा सञ्चालन हुन लागेको हो। समुद्री सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा अवस्थित यस क्षेत्र हिमाली पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रूपमा चिनिन्छ।

स्थानीय उत्पादनको प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले महोत्सव आयोजना गरिएको हो। यो वर्षको महोत्सवमा ६ सयभन्दा बढी चौंरी तथा तिनका विभिन्न प्रजातिको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।