काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि आज (शुक्रबार) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
वर्तमान प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकाले अर्यालको जित सुनिश्चित देखिएको छ। संसद् सचिवालयका अनुसार आजै दिउँसो २ ः ३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे हुनेछ। वर्तमान राजनीतिक समीकरणका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना बलियो छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।