लोड हुँदैछ...

मेनु

जग्गा अभाबमा धरानमा ट्राफिक कार्यालय बनाउन समस्या

जग्गा अभाबमा धरानमा ट्राफिक कार्यालय बनाउन समस्या

धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन निर्माणका लागि धरान उपमहानगरपालिकाले २ कट्ठा जग्गा दिने निर्णय गरे पनि मापदण्डअनुसार अपुग भएको छ।

मेयर हर्क साम्पाङको कार्यकालमा कार्यपालिका बैठकले तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

ट्राफिक कार्यालय भवन निर्माणका लागि कम्तीमा ३ कट्ठा आवश्यक पर्ने भएकाले हालको जग्गाले बजेट निकासा नहुने प्रहरी निरीक्षक अनिल मावोहाङले जानकारी दिए। थप १ कट्ठा जग्गा उपलब्ध भएमा नेपाल प्रहरी बाटै भवन निर्माणका लागि बजेट आउने उनकोक भनाइ छ ।

कार्यपालिका सदस्य विकास भाटीले पनि ३ कट्ठा पुर्‍याउन पहल गर्ने बताएका छन्। सवारी व्यवस्थापनलाई कडाइ गर्न भाटीले ट्राफिक प्रहरीलाई १७ थान ह्विल लक हस्तान्तरण गरेका छन्। ५० हजार रुपैयाँ बजेटमा खरिद गरिएका ह्विल लक सोमबार ट्राफिक प्रमुख मावोहाङलाई हस्तान्तरण गरिएको हो।

ट्राफिक प्रहरीले जथाभावी पार्किङ नियन्त्रण गर्न सुरुवाती चरणमा सम्झाइबुझाइ गर्ने र त्यसपछि नियमअनुसार कारबाही गर्ने जनाएको छ। पुतली लाइन, देशीलाइन, भानुचोक माथिल्लो क्षेत्र र राममन्दिर आसपासमा अनियन्त्रित पार्किङ बढी देखिएकाले अब कडाइ गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।