काठमाडौं । आगामी आईसीसी पुरुष टी–२० विश्वकपलाई लिएर दुई चिरप्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबीचको विवादले फेरि नयाँ मोड लिएको छ । पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भारतविरुद्धको खेल बहिष्कार गर्ने अडान कायमै राखे पनि यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० लाई औपचारिक जानकारी नदिने रणनीति अपनाएको छ ।
यसअघि पीसीबीले भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेपछि विश्व क्रिकेट वृत्तमा तरंग पैदा भएको थियो । भारत र पाकिस्तानबीचको खेल आर्थिक र व्यावसायिक दृष्टिकोणले आईसीसीका लागि निकै महत्वपूर्ण मानिन्छ । सोही कारण पीसीबीको घोषणापछि दबाबमा परेको आईसीसीले निकासका लागि लगातार छलफल गरिरहेको थियो । यता, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० भने आईसीसीको आधिकारिक पत्र र निर्णयको पर्खाइमा थियो ।
तर, पछिल्लो घटनाक्रम अनुसार पीसीबीले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय आईसीसीलाई औपचारिक रूपमा जानकारी नगराउने भएको छ । पाकिस्तानी टोली विश्वकप खेल्न श्रीलंकाको कोलम्बो जाने तय भएको छ । पाकिस्तानी टोलीले कोलम्बोमा नेदरल्यान्ड्स, अमेरिका र नामिबियाविरुद्धका खेलहरू खेल्नेछ, तर फेब्रुअरी १५ का लागि तय भएको भारतविरुद्धको खेलमा भने टोली मैदानमा ओर्लने छैन ।
विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । यस पटकको विश्वकप विवादरहित हुन सकेको छैन । पाकिस्तानभन्दा अगाडि नै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षाको कारण देखाउँदै भारतमा हुने कुनै पनि खेल नखेल्ने र विश्वकप बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
पछिल्लो समय विकसित यी घटनाक्रमले विश्वकपको साख र खेल तालिकालाई नै अन्यौलमा पारेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।