लोड हुँदैछ...

मेनु

आगामी संसदीय निर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री विश्वप्रकाश शर्माको घोषणा

आगामी संसदीय निर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी संसदीय निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री शर्माले आफूले यसपटक चुनावी प्रतिस्पर्धामा भाग नलिने स्पष्ट पारेका हुन्।

आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले अब नयाँ साथीहरूलाई अवसर दिनुपर्ने उनको भनाइ छ। बैठकमा उनले भने, ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँछु।’

महामन्त्री शर्माले गत निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित हुनुपरेको अनुभव सुनाउँदै यसपटक भने देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिने योजना सुनाए। उनले पार्टीले निर्वाचनमा जाँदा अनुहार बदलेर जानुपर्ने र युवा एवं नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

‘मेरो आग्रह छ– चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’महामन्त्री शर्माले बैठकमा भने। उनले आफ्नो क्षेत्रमा पनि नयाँ साथीलाई अघि सार्ने गरी छलफल अगाडि बढाइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।