विराटनगर । फिफा विश्वकप अन्तर्गत जारी खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध शानदार जित निकालेको छ । ब्राजिलले स्कटल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरी समूह सिको विजेता बन्दैशीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल हानेर २–० को अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा ब्राजिलका मथेउस कुन्हाले गोल प्रहार गरी टोलीलाई ३–० को अवस्थामा पुर्याए ।
स्कटल्याण्डले निर्धारित समयमा कुनै गोल गर्न सकेन । उसले तार्गेटमा प्रहार गरेका केही बलहरुका लागि ब्राजिलका गोलकिपर बाधक बनेका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।