लोड हुँदैछ...

मेनु

सोमबार बयान आयोगमा जान्छु : रमेश लेखक

सोमबार बयान आयोगमा जान्छु : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा उपस्थित भएर दिने भएका छन्। आगामी सोमबार, पुस १४ गते उनी आयोगमा जान लागेका हुन्।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता लेखकले आफूलाई आयोगले सोधपुछका लागि बोलाएको र आफू जान तयार रहेको जानकारी दिए। ‘जेनजी’ आन्दोलनका बेला गृहमन्त्रीको जिम्मेवारी सम्हालेका लेखकलाई सोही समयमा भएका घटनाका सम्बन्धमा जानकारी लिन आयोगले पत्र काटेको हो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले भने, ‘आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँहरूले आइतबारका लागि बोलाउनुभएको थियो, तर मैले सोमबार आउँछु भनेको छु। त्यसैले १४ गते सोमबार म आयोगमा जान्छु।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।