काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन्। उनी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बंगलादेशतर्फ लागेका हुन्।
यस सिजनको बीपीएलका लागि सन्दीप ‘राजशाही वारियर्स’ मा अनुबन्ध भएका छन्। सन्दीप बीपीएलमा अनुबन्ध भएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१९ मा सिलेट टाइटन्सबाट यो प्रतियोगिता खेलेका थिए।
सन्दीप आबद्ध टोली राजशाही वारियर्सले उनी जहाजमा बसेको तस्बिर सार्वजनिक गर्दै उनलाई स्वागत गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई ‘स्पिन किङ’ को संज्ञा समेत दिएको छ।
सन्दीपको टोलीको नेतृत्व बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले गर्दैछन्। यो टोलीमा नेपाल प्रिमियर लिग ९एनपीएल० खेलेका न्युजिल्यान्डका चर्चित खेलाडी जिमी निशमसमेत रहेका छन्।
लामो समयपछि विदेशी लिगमा फर्किएका सन्दीपको प्रदर्शनलाई यसपटक निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।