विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गिनपिस स्कुल विजयी भएको छ ।
बुधबार भएको खेलमा ग्रिनपिसले डिएभी स्कललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रनको योगदान दिएको थियो । जस्मा प्रभान्सु कर्ण सर्वाधिक ४० रनको योगदान दिए । ग्रिनपिसका महमद सममले सर्वाधक ३ विकेट लिए ।
जवाफमा १ सय १७ रनको विजयी लक्ष पाएको ग्रिनपिसले १६ दशमलव ५ बलमा ८ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । जस्मा सकर आलमले २९ रन र प्लेयर अफ म्याच आमिर रैनले अविजित २१ रनको योगदान दिए । डिएभीका देवराज झाले सर्वाधिक ३ विकेट दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।