लोड हुँदैछ...

मेनु

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र

विराटनगर । विराटनगर महानगरपालिका–१ पोखरिया स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् ।

नौ सदस्य समितिको उपाध्यक्षमा बिमला बस्नेत थापा सचिवमा बाबुकाजी थापा कोषाध्यक्षमा लील राम बास्तोला तथा सदस्यहरूमा कृष्णराज चौधरी बन्दीका भट्टराई दाहाल तुलसा न्यौपाने काफ्ले ख्यामप्रसाद रिजाल र मेश कुमार प्याकुरेल चयन भएका हुन् । त्यसैगरी लेखा सुपरिवेक्षक संयोजकमा शम्भुप्रसाद भट्टराई सदस्यहरू लोकेन्द्र थापा र ईश्वर रिजाल चयन भएका छन् । ऋण उपसमिति सदस्यमा एकराज पुरी र नीलम कुमारी गच्छेदार चयन भएका छन् । शिक्षा उपसमितिमा सुरेन्द्रकुमार सुवेदी र शकुन्तला भट्टराई सर्वसम्मत चयन भए ।

विराटनगरमा सम्पन्न २८औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साधारण सभाका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले सहकारी संस्थाहरु विगत केही वर्षदेखि विवादित बनिरहेको भएपनि यस सहकारी संस्थाले उत्कृष्ट काम गरेवापत सहकारीलाई सम्मान गर्न पाइएको बताए । उनले आर्थिक विकासको क्षेत्रमा लगानी वृद्धि गरेर सहकारीले आम्दानीसमेत गरेकोमा प्रमुख अतिथिले खुसी व्यक्त गरे ।

विराटनगर महानगरपालिकाले उत्कृष्ट सहकारी संस्था घोषणा समेत गरेको छ। कुल ५०५ जना सेयर सदस्य मात्र रहेको यस सहकारी संस्थाले कुनै पनि घरदैलो आधारित कार्यक्रम राखेको छैन । सेयर सदस्यहरु मात्र आर्थिक कारोबारमा संलग्नता रहेको छ । संस्थाका शेयर सदस्य यादवप्रसाद दुलालका अनुसार यस सहकारीलाई उत्कृष्ट बनाउन सम्पूर्ण शेयर सदस्यहरूको ठूलो योगदान रहेकाले आगामी दिनमा समेत सेयर सदस्यहरुले सहकारी विकासका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।