लोड हुँदैछ...

मेनु

मेस्सीले भारतमा उद्घाटन गरे ७० फिट अग्लो आफ्नै स्मारक

मेस्सीले भारतमा उद्घाटन गरे ७० फिट अग्लो आफ्नै स्मारक

विराटनगर । विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनेल मेस्सीले भारतको कोलकातास्थित लेक टाउनमा निर्माण गरिएको आफ्नो ७० फिट अग्लो स्मारकको भर्चुअल रूपमा उद्घाटन गरेका छन् ।

शनिबार पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोससँग मिलेर मेस्सीले आफ्नै प्रतिमाको अनावरण गरेका हुन्।

लेक टाउनमा निर्माण गरिएको फलामको विशाल प्रतिमामा मेस्सीलाई फिफा विश्वकप ट्रफी बोकेको अवस्थामा देखाइएको छ । जसले कतारमा सम्पन्न २०२२ फिफा विश्वकपमा अर्जेन्टिनाले हासिल गरेको ऐतिहासिक उपाधिको प्रतीकात्मक झल्को दिन्छ ।

स्मारकको उद्घाटन भर्चुअल माध्यमबाट भए पनि कोलकातामा यसले ठूलो उत्साह सिर्जना गरेको छ। अर्जेन्टिनाका फुटबल महापुरुष मेस्सी शनिबार बिहानै ‘जोय सिटी’ कोलकातामा पुगेका थिए । त्यहाँ उनलाई प्रशंसकहरूले भव्य स्वागत गरेका थिए।

शहरका विभिन्न स्थानमा हजारौँ समर्थक भेला भई मेस्सीको एक झलक हेर्न आतुर देखिनु पश्चिम बंगालमा उनको अपार लोकप्रियताको प्रमाण बनेको थियो । श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोसका अनुसार स्मारक संरचना करिब ४० दिनमै निर्माण सम्पन्न गरिएको हो ।

मेस्सीको सम्मानमा निर्माण गरिएको यो स्मारकले कोलकातामा फुटबलप्रतिको गहिरो लगाव र अन्तर्राष्ट्रिय फुटबल आइकनप्रतिको सम्मानलाई अझ प्रस्ट रूपमा उजागर गरेको छ। तीन दिने भारत भ्रमणमा आएका मेस्सीसँग १० रुपैयाँ नगद आयोजकलाई तिर्नेले फोटो खिच्न पाउने बताइएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।