लोड हुँदैछ...

मेनु

बिहीबार पनि नेप्से सुचकमा झिनो गिरावट

बिहीबार पनि नेप्से सुचकमा झिनो गिरावट

विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ ।

अघिल्लो दिन सामान्य अंक घटेको बजारले यस दिन पनि त्यही क्रम दोहोर्‍याएको हो । यस दिन १.६६ अंक घटेको नेप्से २६०७.३७ विन्दुमा रोकिएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरका ७७ लाख ६८ हजार कित्ता शेयर किनबेच भएका छन् ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा धेरै बढेको छ भने श्रीनगर एग्रीटेकको शेयरमूल्य करिब ६ प्रतिशतले उक्लिएको छ । कारोबारमा आएका स्टकमध्ये मुक्तिनाथ कृषि कम्पनीको मूल्य सर्वाधिक ८.४२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १८ करोड ९७ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो । श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड रुपैयाँको कारोबार भयो भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघ्यो।

बजारका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूह यस दिन सामान्य रुपमा उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।