विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कूलमा अन्तर हाउस बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले उद्घाटन गरेको प्रतियोगिता एभरेस्टकै अन्तर्राष्ट्रिय स्तरको कोर्टमा भएको हो ।
गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ चार वटा र महिला तर्फ दुइटा हाउस बिच प्रतिष्पर्धा भएको थियो । शनिवार सम्पन्न फाईनल खेलमा पूरूष तर्फ कोशी हाउस विजयी भएको छ । कोशी हाउसले गण्डकी हाउसलाई १६–४ अंकका साथ जितेको हो । जसका लागि कक्षा १० का अल्तमास खानले १४ अंक बटुल्न सफल भए ।
फाइनलअघि मेची हाउसलाई पराजित गर्दै गण्डकी फाईनल पुगेको हो भने कर्णालीलाई पराजित गर्दै कोशी फाइनल पुगेको हो । यसैगरी महिला तर्फ मेची र कोशी हाउसले खेलेका थिए । जसमा मेचीलाई ८–२ अंकका साथ कोशीले जित निकाल्न सफल भएको हो । कोशीका लागि कक्षा १० की अन्मेशा श्रेष्ठले ५ अंक बटुल्नु भयो । प्रतियोगितामा कक्षा ४ देखी १० सम्मका विद्यार्थी खेलाडीले भाग लिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।