लोड हुँदैछ...

मेनु

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

विराटनगर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।