विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तरगत जारी आजको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको चुनौती दिएको छ ।
काठमानडु गोर्खाजले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५७ रन बनायो ।
राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डुले केसीको उत्कृष्ट ब्याटिङमा मध्यम स्तरको चुनौती पेस गरेको हो ।
राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल कप्तान रहेको टोली लुम्बिनी लायन्सले अब काठमान्डुले दिएको लक्ष्य पछ्याउने छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।