एनपिएल: लुम्बिनीद्वारा चितवन ६ विकेटले पराजित

एनपिएल: लुम्बिनीद्वारा चितवन ६ विकेटले पराजित

काठमाडौ । चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले भने एनपीएलको दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ। टस जितेर बलिङ राेजेकाे चितवनले लुम्बिनीलाई १४३ रनकाे लक्ष्य दिएकाे थियाे ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। अघिल्लो सिजन लुम्बिनीले एक खेलमा मात्र जित निकाल्दा चितवनलाई नै ३३ रनले पराजित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्