गछियामा मंसिर १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप हुने

गछियामा मंसिर १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप हुने

विराटनगर । गछिया युवा समाज, मोरङको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप हुने भएको छ । लागुऔषधमुक्त समाज निर्माण र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यसहित आगामी मंसिर १५ देखि २२ गतेसम्म सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जनाएको छ ।

प्रतियोगितामा नेपालका भारतको दार्जिलिङबाट सहभागी हुने लिजेण्ड फुटबल एकेडेमी सहित ८ टोली प्रतिस्पर्धामा रहनेछन्। सिराहाको सहलेश फुटबल क्लब, बेलबारी फुटबल, दमक फुटबल एकेडेमी झापा, जलथल फुटबल क्लब झापा, गाईघाट युनाइटेड उदयपुर, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी तथा आयोजक गछिया युवा समाज रहने आयोजक क्लबका अध्यक्ष सरोज दाहालले जानकारी दिए।

प्रतियोगिताका विजेताले दुई लाख एक हजार रुपैयाँ तथा उपविजेताले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विशेष नगद पुरस्कार प्रदान गरिनेछ। म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट डिफेन्स, फर्वार्ड, मिडफिल्डर, गोलकिपर तथा उत्कृष्ट कोचले जनही ११–११ हजार रुपैयाँ पुरस्कार दिइने खेल संयोजक प्रह्लाद थोप्राले बताए यस्तै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार एक सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्