लोड हुँदैछ...

मेनु

नेपाल प्रिमियर लिगको उद्घाटनमा सुरक्षा व्यवस्था कडा

नेपाल प्रिमियर लिगको  उद्घाटनमा सुरक्षा व्यवस्था कडा

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आजभव्य उद्घाटन हुँदैछ । २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार, प्रतियोगिताको उद्घाटन समारोह र खेललाई शान्तिपूर्ण एवं सुरक्षित बनाउन नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र प्रहरी बलका २ सय ५० र निजी सुरक्षा कम्पनीका २ सय सुरक्षाकर्मी तैनाथ गरिएको छ।

देशकै प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले सुरक्षा व्यवस्थामा कुनै कमीकमजोरी हुन नदिन गृहमन्त्री ओमप्रकाश अर्यालले समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

गत सिजनको फाइनलमा जनकपुरले काठमाडौंलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यस पटक पनि दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छन्। जनकपुर बोल्ट्सको कप्तानी अनिल साहले सम्हाल्नेछन् भने काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।