विराटनगर । राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ ।
प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा हुँदै छ । कात्तिक १४ र १५ गते हुने प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या र स्तरलाई समेत बढाउन सहयोग गर्ने विश्वास लिएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए।
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई पुरस्कार दिइनेछ व्यवस्था गरिएको छ ।
प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १ सय मिटर तथा खुला समुहका खेलाडीले २ सय मिटर र ४ सय मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको पौडी आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणी अधिकारीले बताए ।

