विराटनगर । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज भारतविरुद्ध भिड्दै छ।
भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ।
नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियोे।

