लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर । सुनसरीको दुई फरक स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले भारत सुपौलका २० वर्षे नवि हुसेन र सप्तरीका १९ वर्षे मोहमद खुसिदलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सि ीरिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १२० किलोग्राम गाँजासहित भारतीय नागरिक २० वर्षे मोहमद इम्तियाजलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

कार्तिक ५, २०८२, दिउँसोको ०१:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर