विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेश अन्तर्गतका जिल्ला कमिटी, प्रादेशिक विभाग र जनवर्गीय संगठनहरूको कार्यविभाजन टुङ्गो लगाएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालको हस्ताक्षरमा जारी गरिएको आन्तरिक संगठनको परिपत्र अनुसार नयाँ कार्यविभाजन गरिएको हो। पार्टी कामलाई व्यवस्थित र नियमित बनाउन कोशी प्रदेशमा ८६ सदस्यीय प्रदेश कार्यसंयोजन समिति गठन गरिएको छ।
परिपत्र अनुसार प्रदेशका १३ जिल्लामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकिएका छन्। जसअनुसार ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथरमा सीता देवी थेवे, इलाममा खिनु लङ्वा लिम्बु, झापामा पुष्पराज पोखरेल र मोरङमा गणेश उप्रेती ‘सुशिल’ इन्चार्ज तोकिएका छन्।
त्यसैगरी, सुनसरीमा सरस्वती पोखरेल, धनकुटामा धर्मराज पौडेल, तेह्रथुममा होमकुमारी खापुङ, संखुवासभामा उमेश डाँगी, भोजपुरमा नगेन्द्रबहादुर राई, खोटाङमा राजन राई, उदयपुरमा मणी खम्बु किराती र सोलुखुम्बुमा हेम कुमार राईलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
जिल्लाहरूको संयोजकमा क्रमशः दुर्गा श्रेष्ठ (ताप्लेजुङ), मनोरथ चापागाईं (पाँचथर), विजय खम्बु (इलाम), खड्ग तिम्सिना (झापा), प्रेम मिभक लिम्बु (मोरङ), गोविन्द निरौला (सुनसरी), कुसुम कुमारी श्रेष्ठ (धनकुटा), वलिराज इङनाम (तेह्रथुम), टेकमान राई (संखुवासभा), शरण तामाङ (भोजपुर), दीपक पाण्डे (खोटाङ), विनोद खड्का (उदयपुर) र जाङ्वो दोर्जे शेर्पा (सोलुखुम्बु) रहेका छन्।
प्रदेश अन्तर्गतका प्रादेशिक विभागहरूको प्रमुख र उपप्रमुखको पनि टुङ्गो लागेको छ। अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा गीता तिम्सीना र उपप्रमुखमा खुम्बराज खत्री तोकिएका छन्।
यस्तै, अर्थ तथा योजना विभागमा जीवन आचार्य, कृषि तथा भूमि व्यवस्था विभागमा दिलकुमार राई, र प्रचार विभागमा विवेक गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात विभागको नेतृत्व दुर्गाप्रसाद चापागाईंले र स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व डा. विष्णुप्रसाद मिश्रले पाएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय संगठन र जातीय मोर्चाहरूमा समेत इन्चार्ज र सह–इन्चार्ज तोकिएको छ। अखिल नेपाल किसान महासंघको इन्चार्जमा झलक बहादुर मगर र सह–इन्चार्जमा पदम अधिकारी तोकिएका छन्। अखिल नेपाल महिला संगठनको इन्चार्जमा रामकुमारी चौधरी, युवा संगठनको इन्चार्जमा कुल प्रसाद साम्बा र विद्यार्थी संगठनको इन्चार्जमा वसिम आलम चयन भएका छन्।






























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।