लोड हुँदैछ...

मेनु

विराटनगरमा भव्य ‘सनातन सम्मेलन’ हुँदै

विराटनगरमा भव्य ‘सनातन सम्मेलन’ हुँदै

विराटनगर । विराटनगरमा असार ६ गते शनिवार ‘सनातन सम्मेलन’ आयोजना हुने भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मगुरुहरूको उपस्थितिमा मोरङ जिल्ला प्रहरी कार्यालय दक्षिणतर्फको खुला मैदानमा यो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा कोशी र मधेश प्रदेशका १६ जिल्लाबाट १५ हजारभन्दा बढी धर्मावलम्बीहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ । सम्मेलनको मुख्य वक्ताका रूपमा भारतका प्रसिद्ध हिन्दु धर्मगुरु स्वामी अवधेशानन्द गिरी, बौद्ध धर्मगुरु फुपु छेम्बे शेर्पा र किराँत धर्मगुरु आत्मानन्द लिङ्देन रहनेछन् । स्वामी अवधेशानन्द शनिवार नै काठमाडौँ हुँदै विराटनगर आइपुग्ने कार्यक्रम छ ।

उद्योगी एवं संविधान सभा सदस्य पवनकुमार सारडा सल्लाहकार रहेको यस सम्मेलनको संयोजकत्व प्रा.डा. भेषप्रसाद धमलाले गरेका छन् । आयोजक समितिमा उद्योगीहरू बेनिगोपाल मुन्दडा, महेश जाजु, प्रकाश मुन्दडा, अनिल साह र व्यवस्थापनमा शिवरतन जोशी सक्रिय छन् ।

करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस सम्मेलनले सनातन धर्म र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मन्त्री भीम पराजुली र पूर्वमन्त्री जयराम यादवले समेत ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।