लोड हुँदैछ...

मेनु

नेकपा र रास्वपाबीच कयौँ समानता छन् : वर्षमान पुन

नेकपा र रास्वपाबीच कयौँ समानता छन् : वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै राजनीतिक समानता रहेको बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना सन्देश दिँदै नेता पुनले दुवै शक्तिले परम्परागत राजनीतिको निरन्तरतालाई क्रमभंग गर्दै नयाँ बाटो तय गरेको टिप्पणी गरे ।

‘तपाईंहरू र हाम्रा कयौँ विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,’ पुनले भने । उनले माओवादी र रास्वपाको उदयको पृष्ठभूमि र कार्यशैली फरक भए पनि परिवर्तनको एजेन्डामा दुवै दल एकै ठाउँमा रहेको उल्लेख गरे ।

पुनले अगाडि थपे, ‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौँ ।’

विशेषगरी सुशासनको मुद्दामा दुई दलबीच बलियो एकता रहेको उनको दाबी थियो । नेता पुनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरु कुनै दलको भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।