लोड हुँदैछ...

मेनु

रास्वपा कांग्रेसको दुश्मन होइन, प्रतिस्पर्धी हो गगन थापा

रास्वपा कांग्रेसको दुश्मन होइन, प्रतिस्पर्धी हो गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको दुश्मन नभई एक स्वस्थ प्रतिस्पर्धी भएको बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजनीतिक दलहरूबीच विचार र काममा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी आफूलाई अझै बलियो र अग्लो बनाउन चाहन्छौं ।’

थापाले रास्वपाको उदय र ऊर्जाको प्रशंसा गर्दै कांग्रेसले कसैलाई सानो बनाएर वा खुट्टा तानेर नभई आफ्नै सामर्थ्यले अगाडि बढ्ने लक्ष्य राखेको बताए ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं र एक दिन बन्छौं पनि,’उनले थपे, ‘तर रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर हामी अग्लो बन्न चाहँदैनौं ।

उनले नयाँ र पुराना भनिएका दलहरूबीचको स्वस्थ प्रतिस्पर्धाले अन्ततः लोकतन्त्र र देशको विकासमा नै टेवा पुग्ने विश्वास व्यक्त गरे । रास्वपाको महाधिवेशनमा शुभकामना दिँदै उनले राजनीतिमा निषेधभन्दा पनि सहकार्य र प्रतिस्पर्धाको संस्कृति आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।