विराटनगर । विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २०औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा सम्पन्न भयो । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा भएको कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा स्वर सङ्गम सङ्गीतालयका गुरु कुशेश्वर राई, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि विरहीले स्रष्टाले कुनै दलगत प्रभावमा नपरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै, राजनीतिले विभाजन गरेको समाजलाई साहित्यले जोड्ने धारणा व्यक्त गरे । साथै, आफूहरू परिषद् मार्फत त्यस अभियानमा प्रतिबद्ध रहेको बताए ।
गोष्ठीमा अंशुकुमार गुप्ता, किरण अञ्जान, उद्धव केसी, कुमार श्रेष्ठ, भूपाल अधिकारी, गोविन्द भगत, सुजाता राई, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सङ्गीता कर्ण, चूडामणि घिमिरे ‘गोपाल’, प्रिन्स प्रमोदकुमार ढकाल, गोपाल निर्भीक, भीम कोइराला, शम्भु भट्टराई, नवराज पोखरेल ‘नवशिला’, कर्ण सञ्जय, सपना यादवलगायतका स्रष्टाहरूले रचना वाचन गरेर सुनाए ।
संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मैथिल स्रष्टा शिवनारायण सिङ्गलले गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।