विराटनगर । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार सात अर्ब ५७ करोडको कारोबार भएकोमा बिहीबार सात अर्ब ८७ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोड रूपैयाँ वृद्धि भएको हो । यस दिन ३०८ वटा धितोपत्रको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएको हो ।
बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ । सो कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ९४७ रूपैयाँ ८० पैसा र ७८३ रूपैयाँ ६० पैसा कायम भएको छ ।
बिहीबार नेपाल हाइड्रो डेभलपर्सको मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७८९ रूपैयाँ ९० पैसामा झरेको छ । यस्तै, गुराँस लघुवित्तको मूल्य ५.४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ७६५ रूपैयाँ कायम भएको छ ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ३३९ रूपैयाँमा ७० करोड ३४ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७.१० प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६१४ रूपैयाँ ९० पैसामा ५७ करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको हो । यस दिन लगानी समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.१इ प्रतिशतले बढेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!