विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा हाम्रोमत दैनिकका प्रमुख संवादादता अनिल श्रेष्ठ चयन भएका छन् ।
शनिबार मोरङको पथरीमा सम्पन्न छैंटौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । उनी यसअघि सचिव थिए ।
यस्तै, उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगिता चाम्लिङ राई र राजेश राजवंशी तथा कोषाध्यक्षमा सुरञ्जन लिम्बू पनि सर्वसम्मत भएका छन् । यस्तै सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र संजय राजवंशी चयन भएका छन् ।
फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।