विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बुस्तिङस्थित ओग्यान साम्द्रुपिलिङ गुम्बाका अध्यक्ष फुर्बा शेर्पा (जाङ्बुपाला) की ८२ वर्षीया आमा रिन्जि शेर्पाको मृत्युको विषय शंकास्पद बनेको छ। प्रारम्भिक रूपमा करेन्ट लागेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति असामान्य देखिएपछि यसको निष्पक्ष छानबिनको माग गरिएको हो।
यस घटनालाई लिएर स्थानीय जनप्रतिनिधि भोजराज कार्कीले चासो देखाउँदै सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन र प्रभावकारी अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले घटना शंकास्पद देखिएकाले प्रहरी प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषी देखिएकालाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
८२ वर्षीया वृद्धाको अप्रत्याशित निधनले परिवार र स्थानीयबासी अन्योलमा परेका छन्। जनप्रतिनिधि कार्कीले यस्ता घटनामा सत्यतथ्य बाहिर ल्याउन सबै पक्षले सहयोग गर्नुपर्ने र पीडित पक्षले न्याय पाउनुपर्ने बताएका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।