लोड हुँदैछ...

मेनु

कोशी प्रदेशलाई महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधि

कोशी प्रदेशलाई महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधि

विराटनगर । मधेस प्रदेशमा जारी निको कप महिला टि– ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले हात पारेको छ।

पर्साको वीरगञ्जस्थित टिवी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोसी प्रदेशले उपाधि हात पारेको हो।

टस जितेर एपिएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो।

कोसीका लागि कोशीका काजल श्रेष्ठले अविजित ३८ रन, प्रिन्सा राना मगरले अविजित १६ रन, कप्तान रुवीना क्षेत्रीले १२ रन र लकिता राजवंशीले १० रनको योगदान दिइन्।

एपिएफका सुमन विष्ट, सवनम राई, कविता जोशी र कप्तान सीता रानामगरले एक÷एक विकेट हात पारे। ९९ रनको विजयी लक्ष्य लिई मैदान उत्रेको एपिएफ क्लब १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो।

एपिएफ क्लबका कविता जोशीले १४ तथा रेवती धामीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

फाइनल खेलको म्यान अफ द म्याच कोसी प्रदेशका काजल श्रेष्ठ घोषित भइन्। श्रेष्ठ प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुँदा बागमती प्रदेशका कृष्णा गुरुङ बेस्ट बलर र बागमती प्रदेशकै सोनी पाख्रिन वेष्ट ब्याटर घोषित भएका छन्।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासंघको संयोजना सम्पन्न प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम एपिएफ टिम गरी आठ टिमको सहभागिता थियो। पुरस्कार वितरणमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लप घोषसहितको खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।