विराटनगर । विराटनगर–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आइतबार राति करिब साढे १२ बजेको समयमा दाहसंस्कार गरिने सार्वजनिक स्थलमा हो-हल्ला गर्ने र निर्वस्त्र हुने जस्ता उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–६ का ४४ वर्षीय सुरेन्द्र मणि मण्डल, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई अश्लील हर्कत गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।