विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरकको ट्याक्र चोरी भएको हो ।
आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुस्कर कार्कीका अनुसार राति पार्किङमा राखिएको उक्त ट्याङ्कर आज बिहान हराएको जानकारी आएको थियो । खोजी गर्ने क्रममा उक्त ट्याङ्कर सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा बिहान ११ बजे फेला परेको हो । सुनसरी प्रहरीले हाल ट्याङ्करलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
ट्याङ्कर धनी नवीन कर्णले दिएको जानकारी अनुसार उक्त ट्याङ्करमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर आइतवार साझ ८ वजे पार्किङमा प्रबेश गरेको थियो । ट्याक्रलाइ निगमको क्यु (लाइन) मा राखिएको थियो । ‘हामी सबै जना आयल निगममा तालिममा थियौँ, बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको थाहा पायौँ,’ कर्णले भने । चालकहरू तालिममा रहेको मौका छोपेर ट्याङ्कर चोरी भएको देखिन्छ ।
प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झण्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको कर्णले बताए । व्यवसायी नवीन कर्णले भने, ‘२० हजार लिटर तेल थियो, अहिले नापजाँच गर्दा हजार–बाह्र सय लिटर तेल पुग्दैन कि भन्ने अनुमान छ ।’ यद्यपि, गाडी रहेको स्थान अलि भिरालो र कोल्टे परेकाले ठ्याक्कै कति तेल गायब भयो भन्ने कुरा मुचुल्का उठाएर डिपोमा पु¥याएपछि मात्र यकिन हुने उनले बताए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलको अनुसन्धान गरेको छ । भोलि (मंगलबार) जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्याङ्करलाई डिपोमा ल्याइने तयारी गरिएको छ । एक ट्याक्रमा २० हजार लिटर हुने गर्छ ।
भोक्रा नसिंह गाउपालिका ८ को हुलाकि राजमार्गमा ट्याक्र बेवारिसे अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाायव उपरिक्षक चन्द्र खड्काले जानकारी दिए ।‘ चोरेर हुलाकि राजमार्गमा ल्याएर चोरले छाडेको रहेछ,’खड्काले भने ‘हामीले थप अनुसन्धान गरीरहेका छौ ।’उनले हजार देवि १२ सय लिटर तेल चोरी भएको अनुमान गरीएको बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।