मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले बिहीबार पत्रकार, पूर्व जनप्रतिनिधि र कलाकारहरूलाई सम्मान गरेको छ ।

पथरीशनिश्चरे नगरपालिका—१ नं. वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पु¥याउँदै आएका नगरको सम्पदाको रुपमा सम्मान गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । सम्मानित हुनेहरुमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईलगायतलाई सम्मान गरेको हो । पत्रकार जम्नेली माओवदी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य तथा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव हुन् ।

राईसँगै पथरीशनिश्चरे नगरका पूर्वप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, डा. भुपेन्द्र बस्नेत, शङ्कराचार्य हेमानन्द गिरी, प्रदेश सभा पूर्व सदस्य कृष्णकुमारी राई, पूर्वराष्ट्रिय फुटबलर दीपक राई, महिला फुटबल खेलाडी दीपा न्यौपाने, भारोतलन खेलाडी प्रकाश राई, कलाकार सरोजा खड्गी, गायक महेश बुढाथोलीलगायतलाई सम्मान गरेको हो । नगर प्रमुख मोहन तुम्बापोको हातबाट सम्मानितहुनेहरुमा जनगायक वीरध्वज शिवा, लेखक दिपेन्द्रराज तिम्सिना, पत्रकार भूमिप्रसाद पाठक, गोपाल काफ्ले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।