आज ४.७८ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहिबार नेप्से ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ ।

बिहीबार दुई अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबारको सर्वाधिक हिस्सा सर्वोत्तम सिमेन्टले ओगटेको छ । यो कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि गोर्खाज फाइनासन्सको १६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा सूचीकृत भएदेखि नै मूल्य उकालो लागेको छ । आज पनि प्रतिकित्ता ९.९६ प्रतिशतले वृद्धि भएर एक हजार ८२ रुपैयाँ ७० पैसामा कारोबार भएको छ ।

१२० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ११५ कम्पनीको सेयर मूल्य घटेको छ । सर्वाधिक सेयर मूल्य हिमालयन उर्जा विकास कम्पनीको १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूच घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

 

बिहिबार, १५ चैत, २०८०, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर