बेला छँदा बैँस राम्रो,
उमेर छँदा माया ।
मायाले संसार बस्यो,
त्यही मायाले उठिबास पनि लगायो ।
उमेर गयो बैँस गयो
गयो कमाई खाने बेला ।
बुढेसकालमा कुना परे,
सबैको भईन्छ हेला ।
चैतारिमा बरको छायाँ,
फलैचामा सितल ।
पातझरि गएपछि,
वरपिपलको भयो बेहाल।
भए कालै बर पाकेर,
जुरेलिको बेहाल ।
लौरो बिना बुढेसकालमा
भइन्छ्की बेहाल ।