कविता

अनि तिमी सम्झिन्छु

 

जब,
चिन्ता लाग्छ, तिमी सम्झिन्छु
चिन्ताभित्रको चिताको डरलाग्दा, तिमी सम्झिन्छु
मन कमजोर हुँदा, तिमी सम्झिन्छु
थाक्छु, गल्छु र रुन्छु, रुन नसक्दा,तिमीलाई सम्झिन्छु ।
म मेरा हरेक सुख दुःखका कुरामा,
मेरी आमा सम्झिने मान्छे, तर…तिमी सम्झिन्छु
अब त यस्तो लाग्छ
म बाहेकको मेरो ‘म’ जति सबै तिमीले लियौ
मेरो तन, मन, जोवन र ध्यान जति सबै तिमीले लियौ
त्यसैले त…
मैले माग्ने र सम्झिने सबैथोकमा तिमी मात्र सम्झिन्छु,
सबैले सबैथोक माग्दा,
म आफ्नो खुसी छाडी, तिमीमात्र सम्झिन्छु ।।

 

शुक्रबार, ०८ मंसिर, २०८०, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर