विराटनगर । पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरबाट १ हजार ९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५२ र एन्टिजेनबाट ८३९ नमुना परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा २२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२ पुगेको छ।