लोड हुँदैछ...

मेनु

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

विराटनगर । कोशी प्रदेशको विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालय विच सहकार्यका गर्ने भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका २ टंकी स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र बुढीगंगा ४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसरहरू विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने भएका हुन् ।

बुधबार सहकार्य सम्झौताका लागि विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी तथा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले शैक्षिक अध्यन र व्यवहारिक अभ्यासका लागि सहकार्य गर्न समझदारी (एमओयू) गरेका छन् ।

एमटीयू र विएसीटीएच विच भएको सम्झौताअनुसार विद्यार्थी, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिका लागि शैक्षिक आदानप्रदान गरिनेछन । यसैगरी व्यवहारिक सिकाइ, संयुक्त अनुसन्धान, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि सञ्चालन गरिने छ ।

प्राविधिक विश्वविद्यालय र शिक्षण अस्पतालबीचको यो सहकार्यले शैक्षिक अध्ययन र व्यवहारिक अभ्यासबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने दुबै संस्थाले आपेक्षा लिएका छन । साथै स्वास्थ्य क्षेत्रका चुनौतीहरूको समाधान गर्दै संयुक्त अनुसन्धान तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालनका लागि समेत मार्ग प्रशस्त हुनेछ ।

स्वास्थ्य विज्ञान शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा भएको यो सहकार्यबाट दुवै संस्थाले गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवाको उन्नयनका लागि आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुवै संस्थाबीच भएको सहकार्यले स्वास्थ्य विज्ञान शिक्षामा शैक्षिक–औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र जनशक्ति विकासमा सहयोग पुग्ने एमटीयूका रजिष्टार डा किशोर अधिकारीले बताए । दुवै संस्थाको संस्थागत विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा लिएको विएसीटीएचका कार्यकारी निर्देशक डेनिस कार्कीले बताए ।

नीजि क्षेत्रबाट सञ्चालित विराट शिक्षण अस्पतालले कोशी प्रदेशमै सबैभन्दा उत्कृष्ट स्वास्थ्य उपचार सेवा र स्वास्थ्य शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पनि ईन्जिनियरिङग , कानुन सहित फार्मेसी र अस्पताल व्यवस्थापनमा स्नातक र स्नातोकोत्तर तहको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।