लोड हुँदैछ...

मेनु

अतिक्रमित जग्गा खाली गर्न कोशी अस्पतालको १५ दिने अल्टिमेटम

अतिक्रमित जग्गा खाली गर्न कोशी अस्पतालको १५ दिने अल्टिमेटम

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेका अनाधिकृत संरचनाहरू १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। अस्पतालको जग्गा अतिक्रमण गरी विभिन्न व्यक्ति तथा संस्थाहरूले निर्माण गरेका स्थायी भौतिक संरचनाहरू हटाउन अस्पताल प्रशासनले यो समयसीमा तोकेको हो।

नापी कार्यालय मोरङको फिल्ड रेखांकन प्रतिवेदन अनुसार अस्पतालको स्वामित्वमा रहेका कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा अनाधिकृत रूपमा भौतिक संरचनाहरू निर्माण गरी जग्गा अतिक्रमण गरिएको पाइएको थियो। सोही प्रतिवेदनका आधारमा अस्पतालले सूचना प्रकाशित गरी तोकिएको अवधिभित्र अतिक्रमित जग्गा खाली गरिदिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ।

अस्पताल प्रशासनका अनुसार तोकिएको १५ दिनभित्र जग्गा खाली नगरिए प्रचलित कानुन बमोजिम सरकारी जग्गा खाली गराउने कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।