इटहरी । कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीले ध्यानाकर्षण गराएको छ ।
बुुधबार प्रेस युुनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाण्डौँमा ध्यानाकर्षण पत्र बुुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको कोरोना बीमा बापतको रकम तत्काल उपलब्ध गराउन ध्यानाकर्षण पत्र बुुझाएका हुन् ।
इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमा बापतको रकम दिएको थियो । तर अहिलेसम्म १८ जनाको रकम उपलब्ध गराएको छैन ।
ध्यानाकर्षण पत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्ता बसेर भुक्तानी दिइने प्रतिबद्वता व्यक्त गरे । अहिले बीमा कम्पनीको हातमा भुक्तानी दिन नमिल्ने भएपनि सरकारसँग वार्ता बसेर समाधान गरिने कार्कीको भनाइ छ ।
यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका २६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी समेत पाइसकेका छन् ।
अधिकारीले भने, ‘हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूूरा गर्ने उदेश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौैँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ ।’
कोभिड महामारीको समयमा यसअघि युुनियनले सुनसरीका २६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बीमा गरेको थियो ।

