इटहरीले आफै घरनक्सा बनाइदिने

इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।

इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । ‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ.’, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’

भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । ‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ’, उनले भने ।

सहुलियत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनाउने उनको भनाइ छ । ’कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उपमहानगरपालिकामा दर्ता नगर्नेजस्ता समस्याले आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको हो । जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो,’ मेयर पौडेल भन्छन् ।

सोमबार, २७ चैत, २०७९, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर