लोड हुँदैछ...

मेनु

मिल्स क्रिकेट प्रतियोगितामा घरेलु टिम र नरपथगन्ज क्लब विजयी

मिल्स क्रिकेट प्रतियोगितामा घरेलु टिम र नरपथगन्ज क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ ।

पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो ।

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्‍यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमलाले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।

दिल्लीका अंकित रोए, रोहित त्रिपाटीले समान २–२ विकेट लिए भने विवेक पालले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ ओभर ४ बलमा १० विकेट गुमाइ १३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाए । मोहित पाण्डेले २५ रन र अभिरूप गुप्ताले १६ रन बनाए ।

बलिङमा मिल्सका मन्जित श्रेष्ठले ३ ओभर ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । अरुण एरिले २ विकेट र पवन सरापले १ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २२७ रनको फराकिलो अन्तरले हराउँदै नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भई सेमिफाइनलमा पुगेको छ ।

नपथगन्ज क्रिकेट क्लबले दिएको ३१७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४।२ ओभरमा १० विकेट गुमाइ ८९ रनमा समिति भयो । वैशालुका शिवम शर्माले २२ रन बनाए । महिन यादवले १७ रन र अरोज आलमले ११ रनको योगदान दिए ।

पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगन्ज क्रिकेट क्लब बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१६ रनको विशाल योगफल खडा गरेका थिए । बिहारका अभिषेक पाठकले २२ बलमा ८२ रनको अर्धशतकीय ईनिङ खेले । भानु आनन्दले २८ बलमा ५९ रन बनाए । साहिल कुमारले २३ बलमा ५७ रन बनाउँदै अविजित रहे ।

बलिङमा बैशालुका फुर्सिद अनुहरले ४ विकेट लिए । मुस्कान आलम र गोनु मण्डलले समान १–१ विकेट लिए । म्यान अफ द म्याच पटनाका अभिषेक पाठक घोषित भए ।

बुधवारको पहिलो खेल मिल्स क्रिकेट क्लब र ओसिस क्रिकेट क्लब काठमाडौँ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल एनबीएससी क्रिकेट क्लब विराटनगर र लयर वाइआरसिसी क्रिकेट क्लब विराटनगरबिच हुने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।