मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो ।

पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि विराटनगरका अनुभव श्रीवास्तवले २५ बनाए । विधान गोस्मीले २२ रन र विपिन श्रवणले १९ रनको योगदान दिए । कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो । कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र मन्दिप यादवले १२ रन बनाए । विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिए भने रन्जित कुमार र अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए । कटहरीका अमलन यादवले ३ विकेट लिए । पंकज कुमारले १ विकेट लिए ।

१ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन, पंकज कुमारले १६ रन बनाए । मिल्सका तानिस कुमारले २ विकटे र विकास लोनियाले १ विकेट लिए । म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए ।

आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगरबीच हुनेछ ।

शनिबार, १८ चैत, २०७९, साँझको ०६:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर