विराटनगर । विराटनगरमा ब्रोकर नं १९ ले बजार सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

ब्रोकर नं १९ अन्तगत रहेका कर्मचारी र ग्राहकहरुलाई  लक्षित गरेर ३  दिने कार्यशाला गोष्ठी गरेको हो ।

गोष्ठीबाट ग्राहकहरूले बजार सम्बन्धी ज्ञान हासिल गर्नका लागि सहज भएको  विराटनगर स्थित कार्यालयबन मेनेजर विवेक पौडेलले जानकारी दिए ।

साथै ग्राहक सचेतना र अभिमुखीकरण कार्यक्रम चैत्र २ गते रंगेली र ३ गते उदयपुरको गाईघाटमा संचालन हुने जनाइएको छ ।