आमा मन सम्हाल्दै छिन् रे !

परदेशिएको छोरो

दसैँमा नआउँदा

आँखाको डिलबाट आँशु झार्दै

आमा मन सम्हाल्दै छिन रे

ऋणको बोझ रित्याउन

परदेशिएको छोरोको निधार रित्तो हुन्छ

भन्ने सम्झँदै आमा सारीको सप्कोले आँसु पुछ्दै छिन् रे

अरुको घर लिपिदैं गरेको देख्दा

आँगनमा छोराले कमेरो माटो थुपारेको कल्पना गर्दै छिन् रे

कम्मरमा च्यापिएको थैलिमा अहिले प्रशस्तै पैसा भएपनि

छोरालाई दक्षिणा दिनु नपाएको पिडामा छट्पटिदै छिन् रे

आँखाको डिलबाट आँसु झार्दै

आमा मन सम्हाल्दै छिन् रे

रातो टीका थालमा मुसार्दै गर्दा

छोराको अनुहार झल्झली सम्झिदै छिन् रे

भारी मन लिएर आमा अरुलाई मुस्कुराउँदै आशीवार्द दिदै “कहिले परदेशिनु नपरोस्” भन्दै छिन् रे

परदेशिएको छोरा

दसैँमा नआउँदा

आँखाको डिलबाट आँसु झार्दै

आमा मन सम्हाल्दै छिन रे

शनिबार, १५ असोज, २०७९, बिहानको ०९:४६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर